+
+
Shares

सरकारको अहंकारले बाढीले बढी मानवीय क्षति भयो : शंकर पोखरेल

प्रधानमन्त्री बालेन्द्र शाहले सुरुङभित्रको लेदो निकाल्ने प्रविधि विश्वमै छैन भनेको भोलिपल्ट नै विज्ञहरूले चार जनाको जीवित उद्धार गरेको पनि उनले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २३ गते २१:४०

२३ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संघीय सरकारको अहंकारले बाढीबाट बढी मानवीय क्षति भएको दाबी गरेका छन् । मंगलबार धनुषाको लालगढमा एमाले मधेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘बाढीमा यो सरकारको अहंकारले मानवीय क्षति बढाएको छ,’ पोखरेलले भने, ‘बाढी आएकै दिन सुरुङ पस्ने अनुमति देश–विदेशका विज्ञले पाएका भए धेरैजना बाढीमा फसेका हरुको जीउँदै उद्धार गर्नसकिन्थ्यो ।’

प्रधानमन्त्री बालेन्द्र शाहले सुरुङभित्रको लेदो निकाल्ने प्रविधि विश्वमै छैन भनेको भोलिपल्ट नै विज्ञहरूले चार जनाको जीवित उद्धार गरेको पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?