News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीको समस्या सिर्जना गर्नेबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् ।
- च्यासलमा आयोजित कार्यक्रममा उनले औद्योगिक राष्ट्रका कार्बन उत्सर्जनका कारण नेपालजस्ता विकासशील देश प्रभावित भएको उल्लेख गरे ।
- पोखरेलले पार्टी नेता र जनसङ्गठन बाढी प्रभावित क्षेत्रमा पुगेर उद्धार र राहत वितरणमा खटेको बताए ।
२० भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भोटेकोशी बाढीको समस्या सिर्जना गर्नेहरूबाट नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् ।
एमाले विशेष सङ्गठन कमिटीद्वारा पार्टी कार्यालय च्यासलमा आयोजित एक कार्यक्रममा महासचिव पोखरेलले जलवायु परिवर्तनमा महत्वपूर्ण भूमिका रहेका औद्योगिक राष्ट्रबाट हिमाली मुलुक नेपालले क्षतिपूर्ति पाउनुपर्नेमा जोड दिए ।
‘विकसित देशहरुले ठूलाठूला उद्योग र आणविक भट्टीबाट कार्बन उत्सर्जन बढी भई वातावरण परिवर्तन भइरहेको र त्यसको मार नेपालजस्ता विकाशिल देशहरुमा परेको छ । त्यसबाट हिमाली मुलुक नेपाल प्रभावित भई बर्सेनि ठूलो धनजनको नोक्सान बेहोर्नुपरेको छ’, महासचिव पोखरेलले भने ।
उनले पार्टीका नेता तथा जनसङ्गठनहरु बाढी गएसँगै प्रभावित क्षेत्रमा पुगी उद्धार तथा राहत वितरणलाई प्राथमिकतामा राखेर अहोरात्र खटेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4