Comments Add Comment

यो हो संसारकै महँगो माछा

पृथ्वीमा कैयन् प्रजातिका माछा पाइन्छन् । विश्वमा धेरै मानिसहरुको खाना तथा पोषणको प्रमुख श्रोत पनि हो माछा ।

जापानीहरु माछाको परिकारका लागि निकै सौखिन छन् । जापानमा अनेक खालका माछाका परिकार बनाइन्छ । त्यहीँ जापानमा एउटा यस्तो माछा पाइन्छ जसलाई संसारकै सबैभन्दा महँगो माछा मानिन्छ ।

एक रिपोर्टअनुसार जापानको सुकिजी माछा बजारमा २ सय किलो वजनको ब्लु फिन टुना माछा एक लाख १७ हजार डलरमा बिक्री भयो । नेपाली रुपैयाँमा गणना गर्दा त्यो माछाको मूल्य १ करोड २५ लाख पर्न आउँछ ।

नयाँ वर्षको पहिलो लिलामीमा उक्त माछा बिक्री भएको हो । उक्त टुना माछालाई सुशी जेनमाई रेष्टुरेन्टका अध्यक्ष कियोशी किमुराले खरीद गरे । कियोशीलाई टूना माछाको ठूलो पारखी मानिन्छ ।

अघिल्लो वर्ष उनले ३७ हजार डलरमा टुना माछा खरीद गरेका थिए ।

एक रिपोर्टअनुसार संसारमा हरेक वर्ष पक्रिइने ब्लुफिन टुना माछामध्ये ८० प्रतिशत जापानमा खपत हुन्छ ।

स्मरण रहोस् टोक्योस्थित सुकिजी माछा बजारलाई विश्वकै ठूलो माछा बजार मानिन्छ । माछा मात्र नभएर उक्त बजार विभिन्न खाले खाद्यपदार्थ बिक्रिका लागि संसारभर प्रसिद्ध छ । त्यहाँ झण्डै ४ सय प्रकारका सामुदि्रक खानेकुराहरुको बिक्रि हुन्छ । जसमा सस्तो मूल्यका सि विड देखि महँगो मूल्यका परिकार सम्म हुन्छन् । उक्त बजारमा वाषिर्क ५ अर्ब ९० करोड अमेरिकी डलर बरारबको कारोबार हुन्छ ।

एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment