Comments Add Comment

पहिलो श्रीलंका भ्रमणमा पाकिस्तानी प्रधानमन्त्री इमरान खान

११ फागुन, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खान प्रधानमन्त्री बनेपछिको पहिलो श्रीलंका भ्रमणको लागि मंगलबार कोलम्बो पुगेका छन् । श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजपाक्षको निमन्त्रणामा खान श्रीलंका पुगेका हुन् । मंगलबार श्रीलंका पुगेका खानलाई समकक्षी राजपाक्षले स्वागत गरेका थिए भने गार्ड अफ अनरको सम्मान दिइएको थियो ।

सञ्चारमाध्यमहरुमा उल्लेख गरिएअनुसार दुईदिने भ्रमणको लागि श्रीलंका पुगेका खानले भ्रमणको क्रममा श्रीलंकाका नेताहरुसँग छलफल गर्ने र द्विपक्षीय साझेदारी बढाउने विषयमा छलफल गर्नेछन् । उनले राष्ट्रपति गोताभय राजपाक्षसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । साथै दुई मुलुकको लगानी विस्तार गर्ने उद्देश्यको साथ आयोजना गरिएको कार्यक्रममा पनि खान सहभागी हुने कार्यक्रम छ ।

यद्यपि यसअघि श्रीलंकाको संसद्मा पनि पाकिस्तानी प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियो । तर, कोरोना भाइरस (कोभिड–१९) को महामारीको कारण देखाउँदै श्रीलंकाले सो कार्यक्रम रद्द गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment