
सर्वोच्च अदालतले संसद पुनर्स्थापनाको फैसला सुनाएसँगै नायक भूवन केसीले कठिन समयमा सही निर्णय गर्ने न्यायमुर्तीहरुलाई सलाम भनेका छन् । सामाजिक संजालमा स्टाटस कोर्दै भूवनले लेखेका छन्–‘सर्वोच्च अदालतको निर्णयले संविधानमाथि खेलाची गर्ने शासकलाई लगाम लगाउने नजिर मात्र स्थापना गरेको छैन, हजारौको भौतिक र मानसिक बलिदानीपछि प्राप्त संविधानको सर्वोच्चताको पनि रक्षा गरेको छ । सँगै हामी सबैले संविधानको अक्षरश पालना गर्नुपर्छ र नगर्नेहरु दण्डित हुन्छन् भन्ने सन्देश पनि दिएको छ ।’
भूवनले संवैधानिक संकत टरेपनि नेतृत्वमाथिको आशंका भने नटरेको उल्लेख गरेका छन् । उनले अगाडि लेखेका छन्–‘आउँदो समयमा शासन सत्तामा रहनेले संविधान न जनता कसैलाई पनि ‘टेकन फर ग्रान्टेड’ नलिनुहोला । मेरो नेता नभनेर गर्व गर्ने ठाउँ दिनुहोला ।’
नायक केसीले पछिल्लो समय देशको राजनीतिक अवस्थाको बिषयमा आफ्नो भनाई सार्वजनिक गर्दै आएका छन् ।
प्रतिक्रिया 4