Comments Add Comment

प्राविधिक समस्या झेल्दै दोहोरो अंकले बढ्यो सेयर बजार

१२ फागुन, काठमाडौं । बुधबार कारोबार खुलेसँगै बढ्न शुरु भएको बजार ११ बजेर २० मिनेटमा एक्कासी ८२ अंकले घटेको देखियो । संसद पुनस्थापना पछि बजारले राम्रै गति लिनेमा ढुक्क भएर बसेका लगानीकर्ताहरु नेपाल स्टक एक्सचेञ्जले वेवसाइट हेरेर अलमलमा परे ।

नेप्सेले गलत सूचना दिएका कारण निकै ठूलो अंकले घटेको देखिएको बजार अन्नत दोहोरो अंकले बढेर बन्द भएको छ । नेप्सेमा कारोबार हुने १२ समूहहरु मध्ये २ वटा समूह हाइड्रोपावर र अन्यको सबइन्डेक्स घटेको छ भने बाँकी सबै १० वटै समूहको सबइन्डेक्स बढेको छ ।

मंगलबार भएको संसद पुनःस्थापना पछि सेयर बजारमा उल्लास छाउने अपेक्षा गरिएको थियो । तर नेप्सेको साइटमा आएको समस्याका राम्रोसँग बजार बढ्न पाएन । प्राविधिक समस्या देखिए पछि किनबेच गर्नै द्विविधा भएको लगानीकर्ताहरुले बताएका छन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य बुधबार शतप्रतिशत रुपैयाँले घटेर शून्यमा झरेको नेप्सेको वेवसाइटमा देखाइएको थियो । जबकी कुनै पनि कम्पनीको सेयर मूल्य एकदैनि १० प्रतिशत भन्दा धेरैले घट्न वा बढ्न सक्दैन । नेप्सेले पनि समस्या देखिएको स्वीकार गरेको छ ।

समस्या समाधान भएपछि भने बजार बढ्न थाल्यो । अन्तमा सेयर कारोबार मापक नेप्से परिसूचक १२ दशमलव ५६ अंकले बढेर २ हजार ५ सय ९९ दशमलव ०७ अंक्मा पुगेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.४० अंकले उकालो लागेको छ ।

दिनभर भएका ६९ हजार ९९४ कारोबारबाट २०४ कम्पनीका १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ६ अर्ब ७० करोड १८ लाख ७२ हजार ४३९ रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment