Comments Add Comment

ग्रामीण क्षेत्रको गरिबी निवारणमा सफल भएको चीनको घोषणा

१३ फागुन, काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङले ग्रामीण क्षेत्रको गरिबी निवारणको अभियानमा ‘पूर्ण जित’ हात पारेको घोषणा गरेका छन् । बिहीबार चिनियाँ राष्ट्रपति सिले आफ्नो कार्यकालको उपलब्धि सुनाउने क्रममा पछिल्लो ८ वर्षमा १० करोड मानिसलाई गरिबीको रेखाभन्दा माथि ल्याउन सफल भएको बताएका हुन् ।

चीनले वार्षिक आम्दानी ६२० डलर अर्थात् दैनिक १.५२ डलरभन्दा कम आम्दानी हुनेलाई चरम गरिबीको रेखामुनि रहेका मानिसको रुपमा परिभाषित गर्दै आएको छ । तर, विश्व बैंकले भने दैनिक १.९ डलरभन्दा कम आम्दानी गर्नेलाई गरिबीको रेखामुनि रहेको मान्दै आएको छ ।

जिनपिङले पछिल्लो ८ वर्षमा चीनले गरिबी नियन्त्रणको लागि १६ खर्ब युआन बराबरको रकम खर्च गरेको बताए । यद्यपि उनले आगामी पाँच वर्षका लागि गरिबी नियन्त्रणको कुनै योजना भने पेस गरेनन् । स्थानीय सञ्चारमाध्यमहरुले जिनपिङको कार्यकालमा चीनले गरिबी निवारणको क्षेत्रमा महत्वपूर्ण कोशेढुंगा पार गरेको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment