Comments Add Comment

युनाइटेड र आर्सनल युरोपा लिगको अन्तिम १६ मा प्रवेश

१४ फागुन, काठमाडौं । इंग्लिस क्लबद्वय म्यानचेष्टर युनाइटेड र आर्सनल युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेका छन् । लेस्टर सिटी भने अन्तिम ३२ बाटै बाहिरियो । यसअघि नै अर्को इंग्लिस क्लब टोटनहम अन्तिम १६ मा प्रवेश गरिसकेको छ ।

यस पटक इंग्ल्याण्डबाट सर्वाधिक ३ क्लब अन्तिम १६ मा पुग्दा इटली, स्पेन र युक्रेनबाट समान २ क्लब अन्तिम १६ मा पुगेका छन् । जर्मनीबाट भने कुनै क्लब अन्तिम १६ मा पुगेनन् ।

गएराति भएको दोस्रो लेगको खेलमा युनाइटेड स्पानिस क्लब रियल सोसिडाडसँग गोलरहित बराबरीमा रोकिए पनि पहिलो लेगमा ४-० को जित हात पारेकाले समग्रमा विजयी भएको हो । सोसिडाडले १३औं मिनेटमा पेनाल्टी पाए पनि मिका ओयाबायलले गोल गर्न सकेनन् । युनाइटेडका एलेक्सले दोस्रो हाफमा गोल गरे पनि भिएआरले मान्यता दिएन ।

यस्तै आर्सनलले पोर्चुगिज क्लब नफिकालाई दोस्रो लेगमा ३-२ ले पराजित गर्दै समग्रमा ४-३ को जित हात पारेको हो ।

पहिलो लेगको खेल १-१ को बराबरीमा सकिएको थियो । आर्सनललाई दोस्रो लेगमा स्पष्ट जित दिलाउन आर्सनलका कप्तान पिएरे एमरिक ओबामेयाङले दुई गोल गरे । घरेलु मैदानमा ओबामेयाङले २१औं र ८७औं मिनेटमा गोल गरे । यस्तै किरन टिर्नेले ६७औं मिनेटमा गोल गरे । बेनफिकाका लागि डिएगो गोनक्लाभेजले ४३औं र राफा शिल्भाले ६१औं मिनेटमा गोल गरे ।

लेस्टर सिटी भने शिल्भिया प्रागसँग दोस्रो लेगमा घरेलु मैदानमै २-० ले पराजित हुँदै बाहिरियो । पहिलो लेगको खेल गोलरहित बराबरीमा सकिएको थियो । चेक रिपब्लिकन क्लब शिल्भियाका लुकास प्रोभोडले ४९औं र अबदालाह सिमाले ७९औं मिनेटमा गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment