+
+
Shares

‘ब्यूटी सलोन’ उद्घाटन गर्न पुगिन् मनिषा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १४ गते ८:३८

नायिका मनिषा कोइरालाले बौद्धमा संचालनमा आएको अनानिक ब्यूटी सलोन एन्ड स्पाको ओपनिङ गरेकी छिन् । सन् २००८ मा क्यानडाबाट सुरु भएको अनानिकले नेपालमा ५ वटा ब्रान्च खोलेको छ । नयाँ बानेश्वर, दरबारमार्ग, लाविम मल, पोखरा र बैद्धमा यसको शाखा विस्तार गरिएको हो ।

बिहिबार नायिका मनिषा कोइरालाको साथमा दर्जन बढी सेलिब्रिटीहरुले बौद्धमा संचालनमा आएको पाँचौ शाखाको उद्घाटन गरे । उद्घाटनमा सांसद शान्ता चौधरी, क्याप्टेन विजय लामा, कलाकार दिपकराज गिरी, निर्देशक दीपाश्री निरौला, नायिका स्वस्तिमा खड्का, गायिका समृद्धी राई, मिस नेपाल २०२० नम्रता श्रेष्ठले रिवन काटेर ओपनिङ गरेका थिए ।

उद्घाटन समारोहमा पुगेका कलाकारहरुले अनानिकलाई शुभकामना दिए । अनानिकका संचालक सुरविन राइले सबैको साथ र मायाले आफूलाई अझै हौसला मिलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?