+
+
Shares

यो हो २३ क्यारेट सुनबाट बनेको संसारकै महँगो बिरयानी

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १४ गते १२:२४

काठमाडौं । भारतीय खानाको परिकार बिरयानी खानाका पारखीहरुबीचमा लोकप्रिय नै छ । संसारभरका भारतीय परिकारका रेष्टुरेन्टहरुमा मुख्य मेनुकै रुपमा हुन्छ बिरयानी । खानमा स्वादिष्ट र मूल्य पनि ठिकठाक नै हुने भएको हुँदा धेरैको रोजाइमा पर्दछ यो ।

तर दुबईस्थित एक रेष्टुरेन्टले चाहिँ २३ क्यारेट सुनको प्रयोग गरी संसारकै सबैभन्दा महंगो बिरयानी बनाइदिएको छ । उक्त विशेष बिरयानीको नाम नै द रोयल गोल्ड बिरयानी रहेको छ ।

२३ क्यारेटको सुन प्रयोग गरिएको उक्त बिरयानीलाई सुनकै थानमा पस्किइन्छ । रोचक त के भने सुनबाट बनाइएको उक्त बिरयानी खान सकिन्छ । किनकी त्यसमा प्रयोग गरिएको २३ क्यारेटको सुन खान योग्य हुन्छ । उक्त बिरयानी खान चाहनेले एक प्लेट बिरयानीको ३२ हजार रुपैयाँ भन्दा धेरै रकम तिर्नुपर्ने हुन्छ ।

रोयल गोल्ड बिरयानी बनाउने बम्बे बोरो रेष्टुरेन्टका अनुसार त्यसमा गोल्फ लिफ कबाब, कश्मिरी कबाब, पुरानो दिल्ली चप्स, राजपूत चिकेन कबाब, मुगल कोफ्ता तथा मलाई चिकेन कस्तुरी, तथा केशर तरकारी सहित तयार पारिन्छ ।

चटनी तथा ससमा बदाम तथा अनारको राइता, निहारी तथा जोधपुरी अचार पनि समावेश हुन्छ । जब बिरयानीका यी सबै परिकार सुनको प्लेटमा सजाइन्छ तब खानाको माथि २३ क्यारेटको सुनको पत्र हालिन्छ । बिरयानीलाई छोपेको उक्त सुनको पत्र मज्जाले खान सकिन्छ । द रोयल बिरयानीको एक प्लेटको कूल वजन ३ किलो हुन्छ ।

ग्राहकले आफुलाई मन पर्ने भातको प्रकार रोजेर बिरयानीका लागि अर्डर गर्न सक्दछन् ।

उक्त रेष्टुरेन्टले आफ्नो स्थापनाको पहिलो वर्षगाँठको अवसरबाट संसारकै महंगो उक्त सुनको बिरयानीलाई आफ्नो मेनूमा सामेल गरेको हो ।

–एजेन्सीको सहयोगमा

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?