
विगत ४ दशक देखि घरायसी सामाग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको विक्री वितरण गर्र्दै आईरहेको छ ।
यहि आयामलाई निरन्तरता दिदैँ सेन्सेइ ब्राण्ड सन् २०१६ मा उत्पादन गरि बिक्री वितरण गर्न थालेको हो । सुरुवातमा नर्मल टि.भी.बाट नेपाली बजारमा विक्री वितरण थालेको सेन्सेइ ब्राण्डले आजको दिनमा आएर टि.भी.(नर्मल, स्मार्ट, युयचडि) अडियो स्टिम, चेष्ट फ्रिजर, वासिङ मेसिन, भ्याकुम क्लिनर, रेफ्रिजेरेटरहरु आफ्नो प्रोडक्ट बास्केट बनाउन सफल भएको छ ।
“मूल्य रोजेजस्तो प्रोडक्ट खोजेजस्तो” ट्याग लाईन रहेको सिन्सिया ब्राण्डले हालसालै आफ्नो नयाँ उत्पादन थप्ने क्रममा बर्दियामा आफ्नो क्षेत्रीय सम्मेलन आयोजना गरि ६५ इच्नको फोरके युयचडि एन्ड्रोयड टिभी सार्वजनिक गरेको छ ।
फोरके युयचडिमा रहेको उक्त टिभी एन्रोईड प्ल्याटफर्म अन्र्तगत रहेको छ । ब्राईट प्यानल, मिराकाष्ट तथा वाईफाई जस्ता विशेषता युक्त टि.भी.मा २ वर्षको वारेण्टी रहेको छ ।
चौधरी ग्रुप अन्गर्तत सिजीइओएलले सेन्सेइ ब्राण्डको नेपालमा विक्री वितरण मार्केटिङ, ब्राण्डिङ गर्दै आईरहेको छ ।
प्रतिक्रिया 4