Comments Add Comment

यो हो संसारकै सुस्त गतिको रेल !

काठमाडौं । उत्तर कोरियाबाट रुसको मस्को जाने रुसी राजनीतिज्ञ तथा कूटनीतिज्ञहरुलाई हवाईजहाजको साटो करीब ३४ घण्टासम्म रेलको यात्रा गराइयो ।

यो घटनाका कारण दुई देशबीचको असल सम्बन्धको चर्चा मात्र भएन राजनीतिज्ञ तथा कूटनीतिज्ञहरुलाई किन त्यस्तो सुस्त गतिमा रेल यात्रा गराइयो भन्ने विषयमा पनि मानिसहरुको जिज्ञासा रह्यो ।

उसो त सुस्त गतिको रेलका लागि उत्तर कोरिया संसारमै चर्चित छ । तर उत्तर कोरियाको उक्त सुस्त रेलसेवालाई पनि पछि पार्ने संसारकै सबैभन्दा सुस्त गतिको रेलसेवा चाहिँ स्विटजरल्याण्डमा छ । स्विटजरल्याण्डको ग्लेशियर एक्सप्रेसलाई संसारकै सबैभन्दा सुस्त गतिको रेलसेवा मानिन्छ ।

ग्लेशियर एक्सप्रेस स्विटजरल्याण्डका अग्ला पहाडमा चल्दछ । यो रेलसेवाले समार्ट र सेन्ट मर्रिट्स स्टेसनलाई जोड्दछ ।

नाम बमोजिम हुँदो हो त यो ‘एक्सप्रेस’ अर्थात् सामान्य रेलभन्दा तीव्र गतिको हुनुपर्ने हो । तर नाम अनुसारको काम छैन यसको ।

यो रेलले झण्डै २९० किलोमिटर दूरी पार गर्नका लागि १० घण्टा लगाउँदछ । अर्थात् प्रतिघण्टा मात्र १० किलोमिटर दूरी पार गर्दछ ।

यो रेलसेवाको सुरुवात सन् १९३० मा भएको थियो । सुरुवातका दिनहरुमा यो रेलसेवा केवल गर्मीका दिनहरुमा मात्र चलाइन्थ्यो । किनकी हिउँले भरिएका पहाडमा कोहीपनि आउ-जाउ गर्दैनथे । तर अहिले उक्त सेवा बाह्रमासे मात्र होइन, निकै व्यस्त रेलसेवा पनि हो ।

हुनत एक्सप्रेस रेल हुँदाहुँदै सबैभन्दा सुस्त गतिको हुनु गर्वको विषय होइन । तर संसारकै सबैभन्दा सुस्त गतिको रेलसेवाको रुपमा कीर्तिमान कायम गरेसँगै ग्लेशियर एक्सप्रेस रेलसेवा निकै लोकप्रिय बन्यो । संसारभरका पर्यटकहरु उक्त रेलको अनुभव बटुल्न त्यहाँ पुग्दछन् ।

यो रेलमार्गको २९० किलोमिटर क्षेत्रमा गृष्मयाममा हराभरा पहाड देखिन्छन् भने जाडोयाममा हिउँले ढाकिएका सेताम्मे पहाडहरु । उक्त रेलले आफ्नो यात्राका क्रममा ९१ वटा सुरुङ र २९१ वटा पुल पार गर्दछ ।

पहाडको उकालो–ओह्रालोमा यात्रुहरुलाई पेटको दुखाइ तथा बान्ताको समस्या नहोस् भन्नका लागि विशेष खालको वाइन सर्भ गरिन्छ । वास्तवमै यो रेलको यात्रा निकै रोमान्चक तथा अद्वितीय छ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment