
१६ फागुन, वीरगञ्ज । जिल्ला बचत तथा ऋण सहकारी संघ पर्साको सञ्चालक समितिको अध्यक्षमा पुनः राजेश पण्डित निर्वाचित भएका छन् ।
प्रतिद्वन्द्वी हरेराम प्रसाद पटेललाई ३ मतको अन्तरले पराजित गर्दै पण्डित पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । पण्डितले ६२ मत र पटेलले ५९ मत पाएको निर्वाचन अधिकृत रामनारायण कुर्मीले जानकारी दिए ।
बरिष्ठ उपाध्यक्षमा असगर अलि अन्सारी, उपाध्यक्षमा राकेश यादव, महासचिवमा जिष्णु बराल, सचिवमा प्रभाकर कुमार गुप्ता, कोषाध्यक्षमा नगनारायण सिंह निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरुमा भगवती शर्मा, अरुणकुमार साह, गिरिराज कँडेल, कुन्दन प्रसाद र विजय कुमार गुप्ता निर्वाचित भएका छन् ।
लेखा तथा सुपरीवेक्षण समितिमा राजेन्द्र प्रसाद जयसवाल, हृदय नारायण साह र मनोज गुप्ता निर्विरोध निर्वाचित भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4