 
																						प्रतीकात्मक तस्वीर								
											१७ फागुन, काठमाडौं । सुनसरीको इटहरीमा नहरमा डुबेर एकजनाको मृत्यु भएको छ । नहरको डिलमा लुगा धुने क्रममा डुबेर इटहरी उपमहानगरपालिका-१८ का ४५ वर्षीय प्रेम चौधरीको आइतबार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी बाराको निजगढ नगरपालिका-८ ठाडोलाइनमा एक चार वर्षीय बालकको धाराको पानी जम्मा भएको खाल्डोमा डुबेर मृत्यु भएको छ । स्थानीय सरोजकुमार लामाका चार वर्षीय छोरा अदबिक लामाको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
खेल्ने क्रममा आफ्नै घरको छेउमा रहेको उक्त खाल्डोमा डुबेर घाइते भएका बालकलाई उपचारका लागि नेशनल मेडिकल अस्पताल निजगढतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4