Comments Add Comment

विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित

१७ फागुन, वीरगञ्ज । बाराको आदर्श कोतवाल गाउँपालिका चिउटाहास्थित श्रीराम चरित्र माध्यमिक विद्यालयमा विषयगत शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ । लामो समयदेखि विषयगत शिक्षक शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको विद्यार्थीहरुले गुनासो गरेका छन् ।

विद्यालयमा कक्षा ६ देखि १२ सम्म नेपाली विषय पढाउने शिक्षक नहुँदा आफूहरुको पठनपाठन प्रभावित बनेको उनीहरुको गुनासो छ । ०६७ चैत ११ गतेदेखि सुरु भएको लकडाउनपछि ०७७ मंसिर १४ गतेबाट आदर्शकोतवाल गाउँपालिकाका विद्यालयहरु सञ्चालनमा आएका थिए ।

विषयगत शिक्षकको माग राख्दै विद्यार्थीहरु गाउँपालिका कार्यालय समेत पुगेका छन् । विद्यालय सञ्चालनमा आएपनि विषयगत शिक्षक नहुँदा पठनपाठनमा समस्या भएको भन्दै उनीहरु आइतबार गाउँपालिका कार्यालय पुगेका हुन् ।

गाउँपालिका कार्यालयमा पुगेको कक्षा ९ का विद्यार्थी टोलीलाई चाँडै शिक्षक बहाली गर्ने आश्वासन दिएर फिर्ता पठाइएको छ । गाउँपालिकाका शिक्षा शाखा प्रमुख वेदराज अधिकारीले श्रीराम चरित्र माविमा २ वटा निमावि र ३ वटा मावि तहको गरी ५ वटा दरबन्दी खाली रहेको जानकारी दिए । विद्यालय व्यवस्थापन समितिको म्याद एक वर्ष अघि नै सक्किसकेको छ । नयाँ विद्यालय व्यवस्थापन समिति गठनका लागि पटक-पटक अभिभावक भेला भएपनि पूर्णता पाउन सकेको छैन । जसका कारण शिक्षक नियुक्ति गर्न समस्या भएको गाउँपालिकाको शिक्षा शाखाले जनाएको छ । पालिकाको छुट्टै शिक्षा ऐन नहुँदा समस्या भइरहेको बताउँदै उनले छिट्टै विद्यार्थीको समस्या समाधानका लागि आवश्यक कदम चालिने बताए ।

२ हजार १ सय ७१ जना विद्यार्थी अध्ययनरत विद्यालयमा हाल जम्मा १८ जना शिक्षकले अध्यापन गराइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment