+
+
Shares

काठमाडौं, पाेखरा र गुल्मीमा गरी तीनजना मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १७ गते १८:२६
प्रतीकात्मक तस्वीर

१७ फागुन, काठमाडौं । काठमाडौंको जितपुरफेदी खोलामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । तार्केश्वर नगरपालिका-३ का ६२ वर्षीय रामकृष्ण शाही सोमबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यस्तै पोखरा महानगरपालिका-२० भलामस्थित मौजा कच्ची सडकको नालामा पनि एकजना मृत अवस्थामा फेला परेका छन् । दाङ लमही घर भई पोखरामा बस्दै आएका ३६ वर्षीय नन्दु घर्ती सोमबार मृत अवस्थामा भेटिएका हुन् ।

यसैगरी गुल्मीको रेसुङ्गा नगरपालिका-३ भाडगाउँ बस्ने २१ वर्षीया सम्झना खत्री सोही ठाउँको वनमाराको झाडीभित्र मृत भेटिएकी छन् । गत माघ २९ गतेदेखि हराएकी खत्रीको खोजी गर्ने क्रममा घरदेखि करिब १ सय २० मिटर टाढा रहेको उक्त झाडीभित्र सोमबार उनको शव फेला परेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?