+
+
Shares

‘गोर्खा वारियर २’को घोषणा, रितेश र रेविका मुख्य भूमिकामा

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १८ गते १५:०५

लन्डन सिनेआई प्रोडक्शनको प्रस्तुतिमा तयार हुन लागेको चलचित्र ‘गोर्खा वारियर २’ निर्माणको घोषणा गरिएको छ । फागुणको २३ गतेबाट यो चलचित्रको छायांकन सुरु हुने चलचित्रका निर्माता तथा निर्देशक मिलन चाम्सले बताए । चाम्स इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण हुन लागेको यो चलचित्रमा सुरेश राई र पूर्ण लिम्बु सह–निर्माताको रुपमा छन् ।

चलचित्रको घोषणा सभामा बोल्दै निर्देशक तथा निर्माता चाम्सले भने–‘विश्वभर गोर्खालीहरुको बहादुरीको चर्चा हुने गर्दछ । गोर्खा वारियरको नाममा विश्वमा थुप्रै ब्रान्डहरु स्थापित भैसकेका छन् । चलचित्रले गोर्खालीहरुको कथा, बहादुरी र विरताको कथा भन्नेछ ।’

यो चलचित्रमा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, रियर राई, भूवन सिंह राई, शिशिर वाङदेल, वुद्दि तामाङ, कविता आले, विरुप घले, सारा राई लगायतको मुख्य भूमिका रहनेछ । शैलेन्द्र खनालको शब्द रहने चलचित्रमा एलिस कार्कीको संगीत, राजेश पायल राइको स्वर रहनेछ ।

चलचित्रमा मिलन चाम्सको कथा, मिलन र गिरिराज घिमिरेको पटकथा तथा संवाद, अर्जुन वीसीको सम्पादन, सुदिप बरालको छायांकन, हिमाल केसीको एक्सन रहनेछ । यो चलचित्रको छायांकन मलेसिया, बेलायत र नेपालमा हुनेछ ।

कार्यक्रममा बोल्दै नव–कलाकार रितेश र नायिका रेविकाले चलचित्रमा जोडिन पाउँदा उत्साहित रहेको बताए । यस्तै, कलाकार विजय लामाले गोर्खालीहरुको बहादुरीको कथा भन्ने यो चलचित्रका लागि आफूले समय निकाल्ने बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथीको रुपमा रहेको कार्यक्रममा चलचित्रका गीतकार, लेखकलाई सम्मान गरिएको थियो । यो चलचित्रको ४ वटा सिरिज बन्ने बताइएको छ । मिलनले ‘गोर्खा वारियर’ निर्माण अगाडि नै यसको दोश्रो सिरिज बनाउन लागेका हुन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?