Comments Add Comment

बेपत्ता भएको १८ दिनपछि भेटिएको युवतीको शव पोस्टमार्टम गरिँदै

१८ फागुन, गुल्मी । गुल्मीको भाडगाउँमा सोमबार विहान फेला परेको युवतीको शव पोष्टमार्टमका लागि गुल्मी अस्पतालमा पठाइएको छ ।

रेसुङ्गा नगरपालिका–३ भाडगाँउमा सोमबार बिहान फेला परेको २१ वर्षीया सम्झना बोहराको शव मुचुल्का उठाएर गुल्मी अस्पताल ल्याइएको गुल्मीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

युवतीको शव सोमबार फेला परे पनि माइती पक्ष घटनास्थल पुग्न ढिला भएपछि मंगलबार दिउँसो मात्रै उठाइएकोे प्रहरीले जनाएको छ । गत माघ २९ गते रातिदेखि हराएकी सम्झनाको शव १८ दिनपछि स्थनीयले घाँस काट्न गएका बेला देखेर प्रहरीलाई खबर गरेका थिए ।

घरदेखि डेढसय मिटर टाढा बारीको कुनामा टाउको बोरामा राखेको र स्याउला र ढुंगाले ढाकेको अवस्थामा शव फेला परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । युवतीको हत्या भएको हुनसक्ने भन्दै माइती पक्षले तत्काल दोषी पत्ता लगाउन माग समेत गरेका छन् ।

सम्झना बेपत्ता भएको दुई दिनपछि फागुन २ गते उनकी सासु तोमकली खत्री घर नजिकै खनियाको रुखमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment