Comments Add Comment

यस्तो छ सुनिलका छोरा अहानको ‘तडप’को फस्टलुक

बलिउडमा स्टार किड्सहरुले चलचित्रमा काम गर्नु नयाँ कुरा होइन । यसैले पनि बलिउडमा नेपोटिज्मको बहस चलिरहन्छ । बलिउडमा कुनै समय आफ्नो अभिनयका कारण दर्शकको अत्याधिक माया पाएका नायक सुनिल सेट्टीका छोरा अहान सेट्टीले अभिनय गरेको ‘तडप’ चलचित्रको फस्टलुक सार्वजनिक भएको छ । यो चलचित्रको फस्टलुकलाई नायक अक्षय कुमार र अजय देवगणले सामाजिक संजालबाट सार्वजनिक गरेका हुन् ।

यो चलचित्र ‘आरएक्स १००’ नामक साउथ चलचित्रको रिमेक हो । यो चलचित्रमा अहानको जोडीको रुपमा नायिका तारा सुतरियाले अभिनय गरेकी छिन् ।

नाडियाडवाला ग्रान्डसन प्रोडक्शनको ब्यानरमा यो चलचित्र निर्माण भएको हो । चलचित्रको फस्टलुकमा अहान र तारा एक अर्काको अंगालोमा बाँधिएका छन् । यो चलचित्रको सेप्टेम्बर २४ तारिखबाट रिलिज हुने घोषणा समेत गरिएको छ ।

छोराको पहिलो चलचित्रको फस्टलुक सार्वजनिक गर्दै गर्दा सुनिल भावूक समेत भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment