+
+

ब्ल्याक बक खुला क्लब क्रिकेट प्रतियोगिता चैतमा आयोजना हुने

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १८ गते १८:२४

१८ फागुन, काठमाडौं । प्लाइ तानसेन तथा एनजीजीसी को आयोजनामा आगामी चैत ११ गते देखि कीर्तिपुरमा ‘ब्ल्याक बक खुला क्लब क्रिकेट टि-२० प्रतियोगिता’ आयोजना हुने भएको छ । आयोजकले मंगलबार प्रत्रकार सम्मेलन गर्दै प्रतियोगिताको घोषणा गरेको हो ।

नकआउट फर्म्याटमा आयोजना हुने प्रतियोगितामा देशभरका विभिन्न शहरका करिब २० वटा टोलीले सहभागिता जनाउने प्रतियोगिता संयोजक सुमन डाँगीले जानकारी गराए ।

प्रतियोगिताको विजेता टोलिले ५० हजार रुपैयाँ, उप-विजेताले २५ हजार रुपैयाँ पाउनेछन् । यस्तै प्रतियोगिताकै उत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ, उत्कृस्ट ब्याट्सम्यान र बलरले समान ५ हजार रुपयाँ तथा प्रत्येक खेलको प्लेयर अफ द म्याचले १ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

ब्ल्याक बक टुर्नामेन्टलाई बागमति प्रदेशकै बलियो क्रिकेट प्रतियोगिता बनाउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?