
अग्रणी इलेक्ट्रोनिक कम्पनी सामसुङले नेपाली बजारमा आफ्नो पछिल्लो फ्ल्यागसिप एस सिरिज अन्तर्गत एस २१ प्लस र एस २१ अल्ट्रा ल्याए पश्चात् एस सिरिज अन्तर्गतकै आफ्नो अघिल्लो मोडेल एस २० प्लस कम मूल्यमा विक्री गर्ने जानकारी दिएको छ ।
कम्पनीका अनुसार १ लाख ४ हजार ९९९ रूपैयाँ पर्ने एस २० प्लस मा १० हजार रूपैयाँ कम गरी अब यसको मूल्य ९४ हजार ९९९ रूपैयाँ हुनेछ ।
यो अफर मार्च महिना अन्तसम्मको लागि सीमित गरिएको छ । गतमहिना सार्वजनिक गरिएको एस सिरिजका एस २१ प्लस र एस २१ अल्ट्रा अत्याधुनिक डिस्प्ले, सुधार गरिएको क्यामेरा र आकर्षक डिजाइनका लागि हालसम्म निकै रुचाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4