Comments Add Comment

बीबीसी मास्टर सेफका उपविजेता साह सम्मानित 

१८ फागुन, काठमाडौं । नेपाल पर्यटन बोर्डले मिति ‘बीबीसी मास्टर सेफ प्रोफेसनल सिरिज-२०२०’का उपविजेता सन्तोष साहलाई सम्मान गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सचिव तथा पर्यटन बोर्डका अध्यक्ष यादवप्रसाद कोइराला र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले प्रमाणपत्र तथा खादा ओढाएर साहलाई सम्मान गरे ।

सम्मान ग्रहण गर्दै सेफ साहले नेपालमा पर्यटनको अपार सम्भावना रहेको र ती सम्भावनाहरुको उजागर गर्न सके नेपालमा समृद्धि ल्याउन धेरै समय कुर्नु नपर्ने बताए ।

उनले कुनैपनि काम आफैंमा सानो ठूलो नहुने भन्दै कामको सम्मान र सोही अनुरुपको वातावरण तयार हुनुपर्ने धारणा राखे ।

साहले आफूले मास्टर सेफमा गएर नेपाली खानामात्र नभई नेपाली भावना समेत पस्केको र यसले नेपाल हिमाल पहाड र तराइको एकता र सद्भावालाई प्रतिनिधित्व गरेको उल्लेख गरे ।

कार्यक्रममा पर्यटन सचिव एवम् बोर्डका अध्यक्ष कोइरालाले सेफ साहले प्रतियोगिताका माध्यमबाट नेपाली खानाका विभिन्न परिकार प्रस्तुत गरेर नेपाल र नेपालीको पहिचानलाई विश्वभर नयाँ उचाई दिएको बताए ।

उनले नेपाली खाना राम्रो भएपनि यसको उचित प्रवर्द्धन गर्न नसक्दा यसबाट फाइदा लिन नसकिएकोले नेपाली खानाको स्वस्च्छता कायम गर्दै यसको ब्राण्डिङमा ध्यान दिनुपर्नेमा जोड दिए ।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपालमा प्रकृति,संस्कृतिका साथै पकवान पर्यटनको पनि उल्लेख्य सम्भावना रहेको बताए ।

उनले सेफ साहले नेपाली खानाको महत्वलाई संसारभर पुर्‍याएर यसको महत्व र व्यवसायिक सम्भावनालाई थप उजागर गरिदिएको धारणा राखे ।

उनले नेपालमा एक सय भन्दा बढी जातजातिका खानाका परिकार रहकोले त्यसलाई प्रर्वद्धन गर्न सके पर्यटनको नयाँ प्रडक्ट बन्ने समेत बताए ।

कार्यक्रममा होटल संघ नेपाल हानकी अध्यक्ष सिर्जना राणाले नेपाली खानालाई अन्तरर्राष्ट्रियकरण गर्न सेफ साहको महत्वपूर्ण योगदान रहेको बताइन् । उनले आफुहरु पनि नेपाली खानाको प्रर्वद्धनका लागि प्रयासरत रहको जानकारी दिइन् ।

‘बीबीसी मास्टरका उपविजेता बनेका साहलाई हान, तथा रेष्टेरेन्ट एण्ड बार एशोसिएसन रेवान लगायतका संस्थाहरुले पनि सोही अवसरमा सम्मान गरेका थिए । साहले मास्टर सेफ प्रतियोगिताभर नेपाली खानाका विभिन्न परिकार प्रस्तुत गरेर निर्णायकहरुलाई आकषिर्त गर्न सफल हँदै  सिजनको उपविजेता बनेका थिए ।

सेफ साहले कोदोको खीर, नेपाली गुन्ऽुक, साँधेको भट्टमासलगायतका नेपाली परिकार पस्केर निर्यायकको ध्यानार्कषण गरेका थिए ।

सिरहा जिल्लाको कारजन्हामा जन्मिएका साह दश वर्षदेखि बेलायतमा बस्दै आएका छन् । साहलेे मौलिक नेवारी परिकार ‘योमरी’ सहित प्याजको अचार, स्याउको चटनी, रोस्टेड काँक्रोको वियाँ, तरुलको खाना, बेथेको साग, तामाको अचार, भेडाको मासु, सिस्नु र आलुको तरकारी, भाङ्गको चट्नी, मकैको रोटी लगायतका नेपाली खानाका परिकारहरु पस्किएका थिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment