+
+
Shares

नेपाली सेनाको पृतनापति सम्मेलन सुरु हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १९ गते १०:४०

१९ फागुन, काठमाडौं । नेपाली सेनाको पृतनापति सम्मेलन बुधबारबाट सुरु हुँदै छ ।

महाशिवरात्री तथा सेना दिवसको पूर्वसन्ध्यामा नेपाली सेनाले फागुन तीन दिने पृतनापति सम्मेलन आयोजना गर्न लागेको हो ।

२१ गतेसम्म सञ्चालन हुने सम्मेलनमा पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थितिबारे प्रतिवेदन प्रस्तुत गर्ने छन् ।

साथै जङ्गी अड्डाका महानिर्देशनालय र विभागीय प्रमुखहरुबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भए/गरेका कार्यहरुका बारेमा प्रस्तुतीकरण एवं छलफल हुने नेपाली सेनाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?