Comments Add Comment

मेकरको नजरमा किन पर्दैछन् पुष्प र वर्षा ?

नेपाली चलचित्रमा पछिल्लो समयको सबैभन्दा ठूलो समस्या के होला ? कथा, निर्माता, निर्देशक वा कलाकार । चलचित्र बनाउन चाहने अधिकांश निर्माता पछिल्लो समय चलचित्र बजारमा कलाकारको अभाव भएको बताउँछन् । अनलाइनखबरसँगको भेटमा एक निर्माताले भने–‘लगानी गर्ने चाहना राखेर पनि के गर्ने, कलाकार नै पाउन गाह्रो रहेछ ।’

पछिल्लो समय नेपाली चलचित्रमा कलाकारको नै खडेरी लाग्न थालेको छ । औलामा गन्न सकिने केही कलाकार मात्र चलचित्र बजारमा छन् । त्यसमाथि पनि, आफ्नै दममा चलचित्रको लगानी उठाउन सक्ने कलाकारको संख्या निकै कम छ । यहीकारणले पनि चलचित्रमा लगानी गर्न चाहेर पनि निर्माताहरु कलाकार को लिने भन्नेमा अलमलमा छन् ।

लकडाउन यता नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीको व्यस्तता खुबै बढेको छ । उनीहरुको जोडीलाई नै लिएर चलचित्र बनाउन चाहने निर्माताको संख्या पनि बढेको छ ।

नायक पुष्प खड्काको अभिनयले पनि दर्शकको मन जितेको छ । अर्कोतिर, पुष्पको बढ्दो क्रेजका कारण पनि उनलाई लिएर चलचित्र बनाउन चाहनेहरु बढेका हुन् । पुष्पले पनि कथा मन परेको खण्डमा चलचित्रलाई अस्विकार गर्ने गरेका छैनन् । यही भएर पनि मेकरले उनलाई रोजिरहेका छन् । नायिका वर्षा सिवाकोटी पनि राम्रो कथा आएको खण्डमा आफूले चलचित्र अस्विकार नगर्ने बताउँछिन् । यहीकारणले पनि मेकरको नजरमा उनी परेकी छिन् ।

पुष्प र वर्षाले अभिनय गरेको चलचित्र ‘मनसँग मन’ रिलिजको तयारीमा छ । उनीहरुलाई दुबैलाई चलचित्र ‘सुदुर’का लागि अफर गरिएको थियो । तर, वर्षाले चलचित्र साइन गरेर पनि छाडिन् भने पुष्पले चलचित्र साइन नै गरेनन् । पुष्प र वर्षालाई अर्को एक चलचित्रको पनि अफर आएको छ । तर, दुबैले चलचित्र साइन गरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment