
१९ फागुन, काठमाडौं । दक्षिण सुडानमा विमान दुर्घटना भएको छ । दक्षिण सुडानको जुबा इन्टरनेशनल विमानस्थलका निर्देशकले दिएको जानकारीअनुसार उक्त दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ । मंगलबार विमानस्थलबाट उडेको केही समयमा नै उक्त विमान दुर्घटना भएको थियो ।
स्थानीय सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार उक्त विमान सुप्रिम एयरलाइन्सको एचके–४२७४ मोडलको थियो । सुप्रिम एयरलाइन्सको लागि यो दोस्रो विमान दुर्घटना हो । यसअघि सन् २०१७ मा पनि यो एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो । तर, उक्त दुर्घटनामा भने कुनै हताहती भएको थिएन ।
दक्षिण सुडानका गभर्नर डेने जोक चागोरले एक विज्ञप्ति जारी गर्दै विमान दुर्घटनाको समाचारले ठूलो दुःख पुगेको बताएका छन् । उनले उक्त विमान दुर्घटनामा परी दुई पाइलटसहित १० जनाको मृत्यु भएको पुष्टि गरेका थिए ।
– एजेन्सीहरुको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4