+

सविनको दुई गोलमा खुमलटारको जित

२०७७ फागुन  १९ गते १८:३३ २०७७ फागुन १९ गते १८:३३
सविनको दुई गोलमा खुमलटारको जित

१९ फागुन, काठमाडौं । शहीद स्मारक बी डिभिजन लिगमा दोस्रो स्थानको खुमलटार युथ क्लबले ब्वाइज युनियन क्लबलाई ३-० ले पराजित गरेको छ । कप्तान सविन केसीको दुई गोल मद्दतमा खुमलटारले सहज जित हात पारेको हो । अर्को एक गोल आयुष घलानले गरे ।

जितपछि खुमलटारले शीर्ष स्थानको सातदोबाटो युथ क्लबसँग अंक बराबरी गरेर उपाधि होड कायमै राखेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलमा खुमलटारका कप्तान सविनले १९औं र ४३औं मिनेटमा गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाएका थिए । आयुषले ७४औ मिनेटमा गोल थपे ।

जितपछि खुमलटारले ९ खेलबाट २२ अंक जोडेको छ । समान अंक भएपनि हेड टु हेडमा सातदोबाटो अघि छ । पराजित ब्वाइज युनियन ९ खेलबाट १४ अंकसहित चौथो स्थानमा छ ।

खुमलटारका प्रशिक्षक राजेश शाहीले लिगमा मुख्य लक्ष्य भनेको जितलाई निरन्तरता दिने बताए । उनले जितेर मात्र ए डिभिजनमा बढुवा नहुने भन्दै अरु टिमको नतिजामा समेत भर पर्ने बताए ।

१२ क्लब सहभागी बी डिभिजन लिगको विजेता मात्र ए डिभिजनमा बढुवा हुनेछ । लिगमा अब खुमलटारले दुई खेल खेल्न बाँकी छ भने शीर्ष स्थानको सातदोबाटोले तीन खेल खेल्न बाँकी छ ।

ब्वाइज युनियनका सहायक प्रशिक्षक रन्जित सिंहले टिमको प्रदर्शनबाट आश्चर्यमा परेको बताए ।

 

बी डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय