Comments Add Comment

जिम्बावेसँग अफगानिस्तान १० विकेटले पराजित

१९ फागुन, काठमाडौं । जिम्बावेले पहिलो टेष्टमा अफगानिस्तानलाई १० विकेटले पराजित गर्दै दुई खेलको सिरिजमा १-० को अग्रता बनाएको छ ।

बलरहरुले उत्कृष्ट प्रदर्शन गरेपछि अफगानिस्तानले दिएको जम्मा १७ रनको लक्ष्य जिम्बावेले ३.२ ओभर खेल्दै बिना क्षति पूरा गर्दै दोस्रो दिनमै जित हात पारेको हो ।

दोस्रो इनिङ्समा अफगानिस्तान १३५ रनमै अलआउट भएपछि जिम्बावेले जितका लागि १७ रनको लक्ष्य पाएको हो । जसमा केभिन कासुजाले ११ र प्रिन्स मासभाउरेले ५ रन जोड्दै जिम्बावेलाई जित दिलाए ।

दोस्रो इनिङ्समा अफगानिस्तानका लागि इब्राहिम जद्रानले सर्वाधिक ७६ रन बनाए । यस्तै कप्तान असगर अफगानले १४ रन जोड्दा अमिर हाम्जा २१ रनमा अविजित रहे ।

जिम्बावेका लागि भिक्टोर न्याउची र डोनाल्ड ट्रिपानोले ३-३ तथा ब्लेसिङ मुजाराबानीले २ विकेट लिए ।

त्यसअघि १३३-५ बाट दोस्रो दिन पहिलो इनिङ्स थालेको जिम्बावेले ७२ ओभर खेल्दै सबै विकेट गुमाएर २५० रन बनाएको थियो । जिम्बावेका कप्तान सिन विलियम्सले १०५ रन बनाए । विकेटकिपर रेगिस चकाभाले ४४ रन जोडे । अफगानिस्तानका अमिर हाम्जाले ६ विकेट लिए ।

अबुधाबीमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान पहिलो इनिङ्समा १३१ रनमा अलआउट भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment