Comments Add Comment

सागका बक्सिङ पदक विजेता सम्मानित

१९ फागुन, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत बक्सिङ खेलका पदक विजेता खेलाडी बुधबार सम्मानित भएका छन् । वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिताको उद्घाटन कार्यक्रममा १३औं सागका पदक विजेता खेलाडीलाई सम्मान गरिएको हो ।

सागका स्वर्ण विजेतालाई १० हजार, रजत पदक विजेता खेलाडीलाई सात हजार र कांस्य पदक विजेता खेलाडीलाई जनही पाँच हजार रुपैयाँबाट सम्मान गरिएको थियो ।

२०७६ मंसिरमा नेपालमै आयोजना भएको १३औं सागमा बक्सिङले तीन स्वर्ण, ६ रजत र ६ कांस्य जितेको थियो । भुपेन्द्र थापा, शनिल शाही र मिनु गुरुङले सागमा स्वर्ण जितेका थिए ।

काठमाडौंको स्युचाटारमा आयोजित कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत र नागार्जुन बक्सिङ खेलकुद समितिका अध्यक्ष सन्तोष बुढाथोकीले १३औं सागका पदक विजेता खेलाडीलाई नगदसहित सम्मान गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment