Comments Add Comment

‘राम सेतु’मा अक्षयसँग ज्याकलिन र नुसरत

नायक अक्षय कुमारको २ बर्षको समय प्याक छ । उनको हातमा आधा दर्जन प्रोजेक्ट छन् । अक्षयले लकडाउन खुकुलो भएसँगै चलचित्र ‘बेल बटन’को छायांकन सकेका थिए । यसपछि उनले ‘अतरंगी रे, बच्चन पाण्डे’को छायांकन पनि सकाएका छन् ।

अक्षय नयाँ चलचित्र ‘रक्षा बन्धन र पृथ्वीराज’को काममा पनि व्यस्त छन् । उनै, अक्षयले केही महिना अगाडि चलचित्र ‘राम सेतु’को घोषणा गरे । यो चलचित्रको प्रि–प्रोडक्शनको काम अगाडि बढिरहेको समयमा अक्षयले चलचित्रका लागि २ नायिका पनि फाइनल गरेका छन् ।

यो चलचित्रमा अक्षयसँग नायिका ज्याकलिन फर्नान्डेजले काम गर्नेछिन् । यस्तै, चलचित्रमा अक्षयसँग नायिका नुसरत भुरुच्चाले पनि काम गर्न लागेको भारतीय मिडियाले उल्लेख गरेका छन् । अक्षय अभिनित चलचित्र ‘सूर्यवंशी’ रिलिजको तयारीमा छ । यो चलचित्रलाई अप्रिल २ बाट रिलिज गर्ने तयारीमा यसको निर्माणपक्ष लागेको छ ।

अक्षय अभिनित चलचित्रले दर्शकको उल्लेख्य साथ पाएपछि उनलाई लिएर चलचित्र बनाउने मेकरको संख्या पनि ह्वात्तै बढेको छ । अक्षयले पनि बर्षमा ६ वटासम्म चलचित्रको छायांकन सक्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment