Comments Add Comment

काठमाडौंमा विप्लवले भेटे आफ्ना वार्ता टोलीका सदस्य

तस्वीर : प्रकाश डुम्रेको फेसबुकबाट ।

२१ फागुन, काठमाडौं । शुक्रबार सार्वजनिक भएका विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले आफ्नो वार्ता टोलीका सदस्यसँग भेटेका छन् ।

सरकार र विप्लव समूहको वार्ता टोलीबीच बिहीबार भएको ३ बुँदे सहमतिमा शुक्रबार हस्ताक्षर हुँदैछ । हस्ताक्षर समारोह सुरु हुनुअघि उनले आफ्नो वार्ता टोलीमा रहेका खड्गबहादुर विश्वकर्मा र उदय चलाउनेसँग भेट गरेका हुन् । भेटमा शुक्रबार नै हिरासतबाट रिहा भएका नेता धर्मेन्द्र वास्तोला पनि सहभागी थिए ।

विप्लव हस्ताक्षर कार्यक्रममा सहभागी हुन शुक्रबार नै नवलपरासीबाट गाडी चढेर काठमाडौं आएका हुन् । राष्ट्रियसभागृहमा हुने हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बोधन गर्ने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment