Comments Add Comment

सांगीतिक आकाशमा चम्कदै बेनिशा

गायिका बेनिशा पौडेल सांगीतिक क्षेत्रमा प्रवेश गरेको लामो समय भएको छैन । तर, बेनिशाले गाएका पछिल्ला केही गीतहरुले दर्शक तथा श्रोताको मन जित्दा उनी उत्साहित छिन् । उनी, नेपाली सांगीतिक क्षेत्रमा चम्कदै छिन् ।

अनलाइनखबरसँगको भेटमा बेनिशाले भनिन्–‘म यो क्षेत्रमा स्थापित हुनकै लागि आएकी हुँ । तर, म आत्तिएकी छैनँ । सानैबाट सांगीतिक क्षेत्रमा लाग्ने रुची भएकाले नै यसमा लागिरहेकी छु ।’

बेनिशा जुनसुकै क्षेत्रमा लाग्दा पनि संघर्ष गर्नुपर्ने बताउँछिन् । उनले भनिन्–‘हरेक मानिसले बच्चैदेखि नै संघर्ष गरिरहेको हुन्छ । जस्तोसुकै अवस्थालाई स्विकार्दै अगाडि बढेको छु । अब मलाई नकारात्मक भन्नेहरुको मुख थुनेर म सक्दिनँ । तर, म भने जिन्दगीभर नै संघर्ष गर्न छाड्दिनँ ।’

बेनिशा आफ्नो स्वरलाई सबैले चिनुन् र दर्शक तथा श्रोताले माया गरुन् भन्ने हरेक मानिसलाई हुने बताउँछिन् । उनी भन्छिन्–‘पपुलर हुन्छु, नाम कमाउँछु भनेर नै आउने हो । म पनि यही नै सोच बोकेर आएकी हुँ । अलीअली गीत मात्र गाउँछु भनेर सोचेको भए त म झापामा नै बस्थेँ होला । सबै छाडेर यही आएकी छु, केही गर्छु भन्ने दम लिएर आएकी छु ।’

बेनिशाले सांगीतिक क्षेत्रमा आफू बल्ल बामे सर्दै गरेको बताउँदै भन्छिन्–‘मैले अझै पनि सिक्नु छ । म्यूजिकमा आएपछि केही ज्ञान हुनुपर्छ । गाउने गिफ्ट ५० प्रतिशत मात्र हो । बाँकी त सिक्ने नै हो । ढिलो होस् तर ज्ञान धेरै होस् भन्ने लाग्छ ।’

बेनिशाको स्वरमा समावेश ‘यस्तो माया, आँखैमा, पर्दैन पर्दैन मलाई फकाउन, मुरली तिरिरी, सम्बन्ध, बस पर्खेर’ लगायतका गीतहरु सार्वजनिक भैसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment