
२२ फागुन, काठमाडौं । रुपन्देहीको ओमसतिया गाउँपालिका–६ नरैनापुरमा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । शनिबार बिहान ना ३ ख ४५९९ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३८ वर्षीय दयाराम मल्लाह सहनीको मृत्यु भएको हो ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएका सहनीको उपचारको लागि भीम अस्पताल भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4