Comments Add Comment

मेलिना र रुकमानको ‘धेरै माया गर्छु’

गायिका मेलिना राई र गायक रुकमान लिम्बुको स्वरमा समावेश ‘धेरै माया’ बोलको गीत सार्वजनिक भएको छ । गीतले आफूलाई मन परेकी मायालुका लागि एउटा प्रेमी कतीसम्म समर्पित हुन सक्छ भन्ने कथा भन्छ ।

हङकङको समुन्द्री तटमा खिचिएको यो भिडियोलाई युगल पोम लिम्बुले निर्देशन गरेका हुन् । भिडियोमा रुकमान लिम्बु, नेहा राई र हेमराज अन्छोङ्बोको अभिनय छ । यो गीतमा डम्बर नेपालीको शब्द तथा संगीत छ ।

भुपेन्द्र तुम्बाहाम्फेको छायांकन रहेको भिडियोलाई दर्शकले रुचाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment