Comments Add Comment

क्लाउडको डाटा सबैभन्दा सुरक्षित : विज्ञ फुयाल (भिडियो अन्तरवार्ता)

२३ फागुन, काठमाडौं । पछिल्ला दिनमा कम्प्युटर र इन्टरनेटमा आधारित ब्यापार व्यवसाय बढ्दो छ । संस्था तथा कम्पनीहरुका डाटा डिजिटल प्रणालीमा रुपान्तरण हुँदैछ । यस्तो अवस्थामा तथ्य, तथ्यांक र विभिन्न किसिमका डाटाहरुको भार आन्तरिक प्रणालीमा बढी पर्न थालेको छ ।

त्यसैको विकल्पका रुपमा सहजताका लागि ठूला-ठूला कम्पनीहरुले ‘क्लाउड कम्प्युटिङ’ सेवा दिइरहेका छन् । विश्वका बहुचर्चित क्लाउड कम्प्युटिङ कम्पाीनसँग सहकार्य गरेर जेनिस सोलुसनले पनि आफ्नो सेवा विस्तार गरिरहेको छ ।

यही कम्पनीले एमेजन वेब सर्भिस, गुगल क्लाउड, डिजिटल ओसन क्लाउड लगायतका कम्पनीलाई आधिकारिक रुपमा नेपालमा भित्र्याएको थियो । नेपालमा जुमको अफिसियल रिसेलर पनि यही कम्पनी हो ।

क्लाउड कम्युटिङका विषयमा अहिले पनि नेपालमा धेरै सेवाग्राहीहरुमा सचेतनाको अभाव रहेकाले यसको महत्वलाई बुझाउनुपर्ने देख्छन्, कम्पनीका संस्थापक अञ्जनी फयाँल । उनी क्लाउडको डाटा सबैभन्दा सुरक्षित हुने बताउँछन् । क्लाउडलाई आधार बनाएर नेपालमा विदेशी लगानी ल्याएर हजारौं इन्जिनियरलाई काम दिन सकिने उनको भनाइ छ । त्यसका लागि सरकारले नीतिगत रुपमा वातावरण भने तयार गर्न सक्नुपर्ने फुयाल बताउँछन् ।

क्लाउड कम्युटिङको आवश्यकक्ता, महत्व, विशेषता, ग्लोबल ट्रेन्ड, नेपालमा यसको प्रयोग, चुनौती र आवश्यक नीति नियमबारे अनलाइनखबरले क्लाउड कम्प्युटिङका विज्ञ समेत रहेका फुयालसँग भर्चुअल अन्तरवार्ता गरेको छ :

हेर्नुस् भिडियो अन्तरवार्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment