
२४ फागुन, काठमाडौं । दाङको देउखुरीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ।
ना४ख ९०१६ नम्बरको बस र भे११प ३५९७ नम्बरको बुलेट मोटरसाइकल गएराति पौने १० बजे लमही नगरपालिकाको उचानिम्बु भन्ने स्थानमा ठोक्किँदा लमही नगरपालिका-८ निम्बुखुटीका ३० वरषीय प्रकाश थापा र सोही ठाउँका २३ वर्षीय तिलक थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लमहीले जनाएको छ ।
प्रकाशको लमही अस्पतालमा राति १० बजे र तिलकको राति साढे १ बजे नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4