Comments Add Comment

ताइवानमा ‘खतरानक अभ्यास’बाट पछि हट्न अमेरिकालाई चीनको चेतावनी

Photo Credit : Reuters

२४ फागुन, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले अमेरिकालाई पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानको सहयोगका लागि गर्दै आएको ‘खतरानक अभ्यास’बाट पछि हट्न चेतावनी दिएका छन् । पछिल्लो समय चीनले आफ्नो एक प्रान्तको रुपमा दाबी गर्दै आएको ताइवानबारे तनाव बढ्दो क्रममा रहेको अवस्थामा चिनियाँ विदेशमन्त्रीले यस्तो बताएका हुन् ।

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै विदेशमन्त्री वाङ यीले ताइवानको विषयमा झुक्ने नीति चीन सरकारको नरहेको स्पष्ट पारे । आधिकारिकरुपमा अमेरिकाले ताइवानसँग कूटनीतिक सम्बन्ध छैन । तर, अमेरिकी पूर्व राष्ट्रपति ट्रम्पले भने ताइवानलाई समर्थन गर्दै आफ्नो सरकारका शीर्ष अधिकारीलाई ताइवान भ्रमणमा पठाएका थिए ।

‘हामी अमेरिकाको नयाँ प्रशासनलाई ताइवानको उच्च संवेदनशील मुद्दालाई राम्रोसँग बुझ्न आग्रह गर्छौं’, वाङले भने । साथै उनले यसअघिको प्रशासनले ताइवानको मुद्दाबाट चालेको कदमबाट पूर्णरुपमा फिर्ता आउन पनि आग्रह गर्दै सीमा चमिच्न चेतावनी दिए ।

यसैबीच विदेशमन्त्री वाङ यीले सिन्चियाङ प्रान्तमा वीगर मुस्लिममाथि चीनले नरसंहार गरेको भन्ने आरोप तर्कहीन भएको बताएका छन् । यो आरोप पूर्णरुपमा झुट रहेको उनको भनाइ छ । चीनमाथि अमेरिकालगायतका पश्चिमा मुलुकहरुले वीगर मुस्लिममाथि ज्यादतीको आरोप लगाउँदै आएका छन् भने चीनले निरन्तर ती आरोपको खण्डन गर्दै आएको छ ।

-एजेन्सीहरुको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment