+
+
Shares

करेन्ट लागेर दुईजनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २४ गते १९:१०

२४ फागुन, काठमाडौं । सप्तरीको राजगढ गाउँपालिका–३ कट्टी टोलमा करेन्ट लागेर एक वृद्धको मृत्यु भएको छ । आइतबार साँझ आफ्नै घरमा बिजुलीको स्वीच थिच्ने क्रममा करेन्ट लागेर ७० वर्षीय शिवलाल यादवको मृत्यु भएको हो ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसैगरी सुनसरीको दुहबी नगरपालिका–२ स्थित मैनावती स्टिल फ्याक्ट्रीमा ना ४ ख ५९३६ नम्बरको ट्रकबाट सामान लोड गर्ने क्रममा इलेक्ट्रिक क्रेनबाट करेन्ट लागेर आइतबार राति एकजनाको मृत्यु भएको छ ।

मोरङ बेलबारी नगरपालिका–७ का २४ वर्षीय आशिष मग्रातीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका ट्रकका सहचालक मग्रातीको विराट नर्सिङ होम विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?