+
+
Shares

बस र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु, एकजना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २५ गते १३:३७

२५ फागुन, काठमाडौं । झापामा बस र स्कुटर एक आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

झापाको शिवसताक्षी नगरपालिका-९ एलम्बर चोकस्थित पूर्वपश्चिम राजमार्गमा मे १ ख २७४६ नम्बरको बस र को ३८ प ४१९४ नम्बरको स्कुटर मंगलबार एकआपसमा ठोक्किँदा इलामको चुलाचुली गाउँपालिका-४ बस्ने ३८ वर्षीय राजेन्द्र देवानको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देवान स्कुटर चालक हुन् । उनको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्कुटरको पछाडि सवार सोही ठाउँ बस्ने ४० वर्षीय पूर्ण राईको बीएण्डसीमै उपचार भइरहेको छ ।

प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार पूर्वबाट पश्चिम तर्फ आउँदै गरेको बस र विपरित दिशातर्फ जाँदै गरेको स्कुटर एक आपसमा ठोक्किँदा दुवैजना घाइते भएका थिए ।

स्कुटरलाई ठक्कर दिने बस र बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?