+
+
Shares

दोभान बजार पुनर्स्थापना गर्न नयाँ मापदण्ड तयार

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २५ गते १४:२७
फाइल तस्वीर

२५ फागुन, काठमाडौं । ताप्लेजुङको दोभान बजारका आगलागी पीडितलाई पुनर्स्थापित गर्न मेरिङ्देन गाउँपालिकाले नयाँ मापदण्ड तयार गरेको छ ।

नयाँ मापदण्ड अनुसार घर निर्माणमा ईंटा तथा ढुङ्गा प्रयोग गरी पिलर बनाउनुपर्ने र प्राविधिकको ढाँचामा घर बनाउनुपर्ने छ । घरको नक्सा पास शुल्क भने गाउँपालिकाले मिनाहा गरिदिएको छ । पेट्रोलियम पदार्थको बिक्री वितरण आयल निगमले तोकेको मापदण्ड अनुसार मात्र गराइने जनाइएको छ ।

बजारभित्रको सडकको क्षेत्राधिकार न्यूनतम ६ मिटर तोकिने भएको छ भने सडक र मुख्य सडक जोड्ने नयाँ दुईवटा सडकको क्षेत्राधिकार कम्तीमा ३.५ मिटर मापदण्डमा तोकिएको छ । मुख्य सडकको क्षेत्राधिकार तमोर करिडोर आयोजना तथा सडक डिभिजनसँग समन्वय गरी कार्यान्वयन गर्ने निर्णय भएको मेरिङ्देन गाउँपालिकाले जनाएको छ ।

नेपाल टेलिकमको टावर तथा क्षतिग्रस्त झोलुङ्गे पुल पुनर्निर्माणका लागि सम्बन्धित निकायमा गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले व्यवसायीको मौज्दात मिलान, कर दाखिला र कर समायोजनका लागि सम्बन्धित कर कार्यालयमा अनुरोध गर्ने निर्णयसमेत लिएको छ ।

मेरिङ्देन-३ स्थित खाम्लुङको दोभान बजारमा गत फागुन १८ गते भएको आगलागीमा परी ५० घर नष्ट र ६३ परिवार विस्थापित भएका थिए । आगलागीबाट करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?