+
+
Shares

कुमारी छेँ र कुमारी निवासको पुनर्निर्माण गर्न शिलान्यास

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २५ गते १६:३५

ललितपुरको पाटनस्थित कुमारी छेँ र कुमारी निवासको विकास र पुनर्निर्माणका लागि नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले शिलान्यास गरेका छन् । उक्त समारोहमा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, पूर्व संस्कृति मन्त्री तथा ललितपुरका पूर्व मेयर बुद्घिराज बज्राचार्य, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका परियोजना निर्देशक श्यामकिशोर सिंह, कुमारी छेँ उपभोक्ता समितिका सदस्य एवम् समुदाय सदस्यहरुको उपस्थिति थियो ।

कार्यक्रममा भारतीय राजदूतावासको पुनर्निर्माण एवम् विकास प्रभागका अधिकारीहरुको पनि सहभागीता थियो । भारतले गर्ने २८ वटा सांस्कृतिक सम्पदा मध्येको कुमारी छेँ र कुमारी निवासको विकास र पुनर्निर्माण कार्य दोस्रो परियोजना हो । यी २८ वटा क्षेत्रहरु नेपाल सरकारले पहिचान गरेका हुन् ।

यी परियोजनाहरुको कार्यान्वयन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) ले गरिरहेको छ । २०७२ सालको भूकम्पले क्षति पुन्याएका सांस्कृतिक सम्पदाको संरक्षण र पुनर्निर्माणका लागि नेपालको प्राचीन स्मारक संरक्षण ऐन तथा पुरातत्व विभागले निर्धारण गरेको मापदण्ड अनुरुप कुमारी छेँ र कुमारी निवासको संरक्षण गरिनेछ । पुनर्निर्माण कार्यमा पुरानो भवनको पुनस्र्थापना गरिनुका साथै भित्ते चित्रको संरक्षण पनि गरिनेछ जसले कुमारी देवीको पूजा अर्चना गर्ने भवनको रुपमा काम गर्नेछ । यसको अलावा हाल कुमारी छेँ भएको स्थानको पूर्वी दिशाको खाली जग्गामा नयाँ भवनको निर्माण गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?