+
+
Shares

नेकपा कर्णाली प्रदेश कार्यालयमा माओवादी केन्द्रको बोर्ड

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २५ गते १७:३२

२५ फागुन, सुर्खेत । नेकपा कर्णाली प्रदेश कार्यालयमा नेकपा माओवादी केन्द्रको बोर्ड राखिएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को कर्णाली प्रदेश कार्यालयको पुरानो बोर्ड निकालेर कार्यकर्ताले नेकपा (माओवादी केन्द्र) सुर्खेतको बोर्ड टाँगेका छन् ।

सर्वोच्च अदालतको फैसलाबाट ब्युँतिएका नेकपा एमाले र नेकपा माओवादी केन्द्रले जिल्ला कार्यालयहरुमा नेकपाको साइनबोर्ड हटाएर एमाले र माओवादी केन्द्रको बोर्ड राख्न थालिसकेका छन् ।

तत्कालीन नेकपा माओवादी केन्द्र सुर्खेतका संयोजक कृष्ण जीसीले जिल्ला पार्टी कार्यालयमा बोर्ड राखेर सर्वोच्चको फैसला कार्यान्वयन गरिने बताए ।

यसैबीच, सर्वोच्च अदालतको फैसलाबाट पुनस्र्थापित नेकपा (एमाले) सुर्खेतले पनि मंगलबार नै नेकपाको साइनबोर्ड निकालेर नेकपा एमालेको बोर्ड राखेको छ ।

अदालतको फैसलाबाट उत्साहित भएका केपी शर्मा ओली पक्षधर नेता कार्यकर्ताले मंगलबार बिहानै वीरेन्द्रनगरस्थित पूर्वएमाले पार्टी कार्यालयमा एमालेको साइनबोर्ड राखिसकेका थिए ।

नेता माधवकुमार नेपाल पक्षधर कार्यकर्ताहरुले भने मंगलबार बिहान ११ बजे कार्यकर्ता भेटघाटसहित साइनबोर्ड फेर्ने कार्यक्रम राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?