Comments Add Comment

‘जातको प्रश्न’ वर्ल्ड जस्टिस च्यालेन्ज २०२१ को अन्तिम ३० मा

२५ फागुन, काठमाडौं । जात व्यवस्थासम्बन्धी प्रश्नहरु उठाएको टेलिभिजन संवाद कार्यक्रम ‘जातको प्रश्न’ वर्ल्ड जस्टिस च्यालेन्ज २०२१ को अन्तिम ३० प्रतिस्पर्धीमा छनोट भएको छ । ‘वर्ल्ड जस्टिस च्यालेञ्ज २०२१ : एड्भान्सिङ द रूल अफ ल इन अ टाइम अफ क्राइसिस’ मा विश्वका ११४ देशबाट परेका ४२५ भन्दा धेरै आवेदन परेका ‘जातको प्रश्न’अन्तिम ३० मा परेको कार्यक्रम निर्माता समता फाउण्डेसनले जनाएको छ ।

अभिनेता राजेश हमालले सञ्चालन गरेको उक्त कार्याक्रमको १२ शृखंला कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको थियो । विभिन्न राजनीतिक र बौद्धिक व्यक्तित्वलाई कार्यक्रममा सहभागी गराएर जात व्यवस्थासम्बन्धी प्रश्न उठाएको कार्यक्रमले नेपाली समाजलाई आत्मविश्लेषण गर्न बाध्य बनाएको समता फाउन्डेसनका प्रदीप परियारले बताए । ‘जातको प्रश्नले दिलाएको यो सफलताले हामी अझ उत्साहित भएका छौं ।

सामाजिक न्यायका लागि प्राज्ञिक बहसको यात्रा निरन्तर जारी रहनेछ,’ उनले भने । जातको प्रश्नले समावेशी समानुपातिक प्रतिनिधित्व, सामाजिक न्याय, न्याय प्रणाली र न्याय निरूपण, राजनीतिक सहभागीता र प्रतिनिधित्व, विधिको शासन र लोकतान्त्रिक मुल्यमान्यताको अभ्यासबारे प्रश्न उठाएको समता फाउण्डेसनको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment