Comments Add Comment

एमालेको सचिवालय बैठक स्थगित

२५ फागुन, काठमाडौं । मंगलबार बिहान बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित भएको छ । तयारी नपुगेकाले बैठक स्थगित गरिएको एमाले महासचिव ईश्वर पोखरेलको सचिवालयले जनाएको छ ।

माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरु एमालेमै फर्किने निर्णय गर्नुअघि नै महासचिव पोखरेलले मंगलबार बिहान ९ बजे सचिवालय बैठक आह्वान गरेका थिए ।

नेपाल, खनालसहितका नेताहरु एमालेमै फर्किने निर्णयमा पुगेपछि थप तयारीका लागि भन्दै बैठक स्थगित गरिएको हो ।

यो समितिमा ईश्वर पोखरेलको नेतृत्वमा दुई उपमहासचिव, पाँच सचिव र कार्यालय सचिव हुन्छन् । यो समितिले पार्टीको व्यवस्थापन लगायतका काम गर्दछ ।

यो पनि पढ्नुहोस ‘भविष्यमा कुराकानी गरौं’ भन्दै अलग भए प्रचण्ड–माधव समूह

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment