
२५ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले प्रकाशित गरेको विज्ञापन सच्याउन समाजवादी विद्यार्थी युनियनले माग गरेको छ । ९ फागुनमा त्रिविले खुलाएको विज्ञापनले समावेशिता सुनिश्चित नगरेकाे भन्दै युनियनले उक्त विज्ञापन सच्याउन माग गरेको हो ।
तीन दिनभित्र विज्ञापन सच्याएर पुनः प्रकाशन गर्न माग गर्दै त्रिवि सेवा आयोगका प्रमुखलाई मंगलबार ज्ञापनपत्र बुझाएको युनियनका केन्द्रीय सदस्य रामनरेश यादवले जानकारी दिए ।
विज्ञापनमा संविधान, ऐन, नियम र कानुन अनुसार महिला, आदिवासी जनजाति, मधेशी, दलित, थारु, मुस्लिम, पीछडिएका तथा अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न ज्ञापनपत्र मार्फत आग्रह गरिएको उनले बताए ।
आफ्नो माग तीन दिनभित्र नसच्याए आन्दोलन गर्ने चेतावनी युनियनले दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4