
२५ फागुन, दमौली । तनहुँको शुक्लागण्डकीमा माटोको ढिस्कोले पुरिँदा मंगलबार एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धादिङको नेत्रावती गाउँपालिका–५ कटुन्जे घर भई हाल शुक्लागण्डकी नगरपालिका–८ किमलडाँडा बस्ने ५३ वर्षीय धनबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
किमलघाटस्थित सेती नदी बगरमा काम गर्ने सिलसिलामा ढिस्कोले पुरिएर गुरुङको मृत्यु भएको इलाका प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक जगदिश रेग्मीले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4