Comments Add Comment

जोशीको अवस्था बुझ्न अस्पताल पुगे देउवा

२६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मष्तिष्कघात भई उपचाररत नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था बुझ्न बुधबार नर्भिक अस्पताल पुगेका छन् ।

फागुन १४ गते मष्तिष्कघात भएपछि पूर्वमन्त्री तथा कांग्रेस नेता जोशी नर्भिक अस्पतालमा भर्ना भएका थिए । उनी अहिले पनि भेन्टिलेटरको सपोर्टमा उपचाररत छन् ।

जोशीको स्वास्थ्य अवस्था अवस्था थप बिग्रिएको खबर आएका बेला देउवाले अस्पताल पुगेर जोशीको स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिएका हुन् ।

देउवाले जोशीको उपचारमा संलग्न स्वास्थ्यकर्मीसँग पछिल्लो अवस्था र उपचारको बिषयमा जानकारी लिएका अस्पतालले जानकारी दिएको छ । देउवाले अस्पतालमै रहेका जोशीकी पत्नी र परिवारजनसँग पनि भेट गरेका छन् ।

उपचारमा संलग्न स्वास्थ्यकर्मीले जोशी अझै कोमामै रहेको, भेन्टिलेटरको सपोर्टमा उपचार भइरहेको जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment