Comments Add Comment

सुनको आपूर्ति बढाउन सरकार सकारात्मक छ : अर्थमन्त्री

२६ फागुन, काठमाडौं । सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पदाधिकारीहरुसँग बुधबार सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले सुनको आपूर्ति बढाउन सरकार सकारात्मक रहेको बताएका हुन् । उनले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भइरहेको जनाउँदै केही दिनभित्रै यस बिषयमा निर्णय हुने जानकारी दिए ।

माग र आपूर्तिवीच चरम सन्तुलन देखिएको स्वीकार गर्दै मन्त्री पौडेलले बजारको अहिलेको वास्तविक मागका बिषयमा व्यवसायीसँग चासो राखेका थिए । त्यसक्रममा महासंघका सल्लाहकार छविलाल बिश्वकर्माले व्यवसायीलाई परेको अप्ठ्याराका विषयमा अर्थमन्त्री पौडेललाई ध्यानाकर्षण गराएका थिए ।

उक्त अवसरमा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारमा कच्चा सुनको चरम अभाव भएको बताए । उनले यो समस्या तत्काल समाधान गर्न मन्त्री पौडेलसँग आग्रह गरे । उनले सरकारले कोभिडका कारण भएको लकडाउनका क्रममा घटाएको कोटा अझै वृद्धि नगरेकोले अहिले समस्या आएको उल्लेख गरे । अहिले बजारमा दैनिक ३० किलोसम्म सुनको माग रहेकोले तत्कालका लागि सोही परिमाणमा सुन उपलब्ध गराउनु पर्ने आवश्यकता औल्याए ।

आवश्यकताअनुसार कच्चा सुन सहज रुपमा उपलब्ध नहुँदा बजारमा अवैध रुपमा सुन भित्रिन सक्ने र त्यसवाट सरकारी राजस्व समेत गुम्ने खतरा रहेको अर्थमन्त्रीलाई उनले जानकारी गराए । पछिल्लो समय दैनिक १० किलो सुन आयात हुँदै आएको छ ।

लकडाउन अघि सामान्य समयमा दैनिक २० किलो र लगनको समयमा दैनिक २५ किलो सुन आउने गरेको थियो । यसैवीच आगमी आर्थिक बर्षको बजेटमा सुनचाँदीको क्षेत्रवाट समुट्नुपर्ने बिषयहरुलाई समेटिएको सुझाव समेत अर्थमन्त्री पौडेललाई बुझाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment