Comments Add Comment

पुल्चोक स्पोर्ट्स क्लब सी डिभिजनमा घटुवा

२६ फागुन, काठमाडौं । पुल्चोक स्पोर्ट्स क्लब सी डिभिजन लिगमा घटुवा भएको छ । शहीद स्मारक बी डिभिजन लिग अन्तर्गत बुधबार भएको आफ्नो अन्तिम खेलमा नयाँबस्ती युथ क्लबसँग २-१ ले पराजित भएपछि पुल्चोक सी डिभिजनमा घटुवा भएको हो ।

रेलिगेसन टार्न पुल्चोकले कम्तीमा अन्तिम खेलमा नयाँबस्तीलाई हराउनु पर्ने थियो र झम्सीखेल अर्को खेलमा हार्नु पर्ने थियो । तर पुल्चोक नयाँबस्तीसँग पराजित भएपछि झम्सीखेल बी डिभिजनमै रहने पक्का भएको छ ।

पुल्चोकले ११ खेलबाट एक जितसहित जम्मा ५ अंक मात्र जोड्न सक्यो । झम्सीखेल एक खेल खेल्न बाँकी छँदा ६ अंकसहित ११औं स्थानमा छ ।

नयाँबस्तीलाई जित दिलाउन अशोक तामाङ र विवेक गुरुङले एक एक गोल गरे । पुल्चोकका शिरब लो तामाङले एक गोल फर्काए ।

खेलको १९ औं मिनेटमा अशोकले गोल गर्दै नयाँबस्तीलाई अग्रता दिलाएका थिए । ५८ औं मिनेटमा शिरबले पुल्चोकका लागि बराबरी गोल फर्काए ।

तर ६३ औं मिनेटमा विवेकले गोल गर्दै नयाँबस्तीलाई २-१ को जित दिलाए ।

जितपछि ११ खेलबाट १५ अंक जोड्दै नयाँबस्ती नवौं स्थानमा रहेको छ ।

यस्तै बुधबारकै अर्को खेलमा बाँसबारी क्लबलाई ४-० ले पराजित गर्दै खुमलटार युथ क्लबले दोस्रो स्थानमा लिग सकाएको छ ।

खुमलटारका लागि १३औं मिनेटमा हादिल हामिद, ४१औं मिनेटमा प्रशान्त अवस्थी, ४८औं मिनेटमा आयुष घलान र ७७औं मिनेटमा महेश राईले गोल गरे ।

जितपछि ११ खेलबाट २५ अंक जोड्दै खुमलटार दोस्रो भएको छ । सातदोबाटो युथ क्लबले यसअघि नै बी डिभिजन लिग उपाधि पक्का गरिसकेको छ । ११ खेलबाट २१ अंकसहित बाँसबारी तेस्रो भएको छ ।

लिगको अन्तिम दिन बिहीबार सातदोबाटोले आरसीटी र मध्युपुर युथ एसोसिएसनले झम्सिखेल युथ क्लबसंग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment