+
+
Shares

महाशिवरात्रीमा मनिषाको ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २७ गते १६:०५

नायिका मनिषा कोइरालाले महाशिवरात्रीको अवसर पारेर ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी छिन् । महामृत्युञ्जयमा मनिषासँगै सुरेन्द्र श्रेष्ठ र सरस्वत्री खत्रीको स्वर छ । यसमा संकृत शब्दहरु छन् । राजीव श्रेष्ठको सितारा, प्रेम रानीको बाँसुरी र विकास सिंहको गितार यसमा सुन्न सकिन्छ ।

मानिस अस्वभाविक मृत्युबाट बच्न र राम्रो स्वास्थ्यका लागि यो मन्त्र तयार पारिएको मनिषाले बताइन् । उनले, पश्चिमी र पूर्वी संगीतमा यसलाई तयार पारेको बताइन् । यो मन्त्रको भिडियो निर्देशन तथा सम्पादन अनुप सापकोटाले गरेका हुन् ।

उज्ज्वल जोशी र जावेद खानको छायांकन रहेको यो भिडियोलाई पाशुपत क्षेत्र र पाटन दरबारमा खिचिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?