+
+

सीमा नाका चाँडै पूर्ववत् रुपमा खुला हुन्छ : ईश्वर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २७ गते १९:०६

२७ फागुन, रौतहट । उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल-भारत सीमा नाकामा सरकारले चाँडै सवारी साधनको समेत आउजाउको व्यवस्था मिलाउने  बताएका छन् । पैदलयात्रीका लागि मात्रै केही सहज रहेको सीमा नाका अब पूर्ववत् रुपमा खुला हुने उनले बताए ।

कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण लामो समयदेखि सरकारले सीमा वारपारमा कडाइ गर्दै आइरहेको थियो ।

मौलापुर नगरपालिकाको पतौरामा बिहीबारबाट सुरु भएको दोस्रो मधानी महायज्ञको उदघाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सीमा क्षेत्रका जनताले भोग्नु परेको कठिनाइलाई मध्यनजर गर्दै पहिलेकै अवस्थामा नाका सुचारु हुने बताए ।

उपप्रधानमन्त्री  पोखरेलले पतौरा मन्दीरको संरक्षण र प्रबर्द्धनका लागि आवश्यक सबै किसिमको सहयोग गर्न सरकार तयार रहेको बताए ।

पतौरामा जग्गा उत्खनन गर्दा शिवको प्राचीन मूर्ति फेला परेपछि सो स्थानमा मधानी महायज्ञको सुरुवाता गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?